समाजवादी पार्टीको मोरङ जिल्ला संयोजक बने त्रिलोचन गौतम

  २०७९ साउन २२ गते १४:५५     विकासन्युज

काठमाडौं । समाजवादी पार्टी मोरङ जिल्लाको संयोजकमा त्रिलोचन गौतम चयन भएका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोरङ जिल्ला संयोजकमा गौतमलाई चयन गरिएको हो ।

गौतमको नेतृत्वमा ५१ सदस्य जिल्ला कार्यसमिति चयन भएको हो । गौतम भट्टराईको विश्वासिलो पात्रको रुपमा चिनिन्छन् ।

नयाँ शक्ति गठन भएदेखि नै संघीय परिषदको सदस्य रहेका गौतम उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेर जनता समाजवादी बन्दा पनि संघीय परिषद् सदस्य एवम् मोरङ जिल्ला उपाध्यक्ष बनेका थिए ।

जसपामा रहेका सदस्यहरु पनि आउने क्रम जारी रहेकाले जिल्ला कार्यसमिति गठन भने विस्तार नगरिएको गौतमले बताए । ‘अहिले ५१ जना सक्रिय सदस्यहरु आईसकेका छन, अरु प्रमुख पदमा रहेका व्यक्तिहरु आउने भनेका छन, जिल्ला समितिलाई उहाँहरु आएपछि मात्रै विस्तार गरिनेछ,’ उनले भने ।

कार्यसमितिलाई विस्तार गरी अगामी निर्वाचनमा लक्षित कार्यक्रम अघि बढाउने तयारी रहेको गौतमले बताए । मोरङ प्रत्येक क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशमा उम्मेदवारी दिने गरी काम अघि बढाएको उनले बताए । उनले आफै नै प्रदेश सभाको ६ (ख) बाट उम्मेदवारी दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.