विपन्न नागरिक औषधी उपचार कोषबाट ३ वर्षमा १ लाख ३७ हजार बिमारीले सहयोग लिए

  २०७९ असार ३० गते ९:०१     विकासन्युज

काठमाडौं । विगत ३ आर्थिक वर्ष (आव)मा विपन्न नागरिक औषधी उपचार कोषबाट १ लाख ३७ हजार बिमारीले उपचारको निमिक्त सहायता प्राप्त गरेका छन् । महालेखापरीक्षकको ५९ औं प्रतिवदेनअनुसार आव ०७५/०७६, ०७६/०७७ र ०७७/०७८ सो संख्याका बिमारीले उपचार सहायता प्राप्त गरेका हुन ।

विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका, २०७५ को बुँदा नं. मा आर्थिक रुपले विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गराउँदा मृगौला प्रत्यारोपणका लागि बढीमा ४ लाख र अन्य रोगका लागि १ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार आव ०७५/०७६ मा ५३,३३०, आव ०७६/०७७ मा ५४,८८६ र आव ०७७/०७८ मा २९,३४६ जना बिमारीले सो आर्थिक सहयोग लिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।उपचारको लागि सहायता प्राप्त गर्नेहरुमा मृगौला, क्यान्सर, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स, अल्जाइमर्स र सिकलसेल एनिमियाका विमारी रहेका छन् ।

विपन्न नागरिकलाई औषधी उपचारबापत सरकारले माथि उल्लेखित ३ आर्थिक वर्षमा ६ अर्ब ५३ करोड १३ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ । सरकारले विपन्न नागरिकको उपचारका लागि आर्थिक सहायता गराउने कार्यक्रम सञ्चालन गरेतापनि विपन्न नागरिकको परिचयपत्र उपलब्ध गराउने, रोगको विश्लेषण गरी रकम परिमार्जन गर्ने, स्थानीय तहमा विपन्न परिवार परिवार पहिचानका लागि उपयुक्त संयन्त्र बनाउने, आदि जस्ता कार्यक्रमहरु भने सञ्चालन नगरेको र सो गर्नुपर्ने महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.