नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

  २०७९ जेठ ३१ गते ९:३९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शिलबन्दी बोलपत्रमार्फत १३ लाख १७ हजार ४७१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि सो मात्राको सेयर लिलामीमा राखेको हो ।

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एशियाको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर हुन् । जसको मूल्य प्रतिकित्ता न्यूनतम क्रमशः ७०० र ४०० रुपैयाँ रहेको छ ।

इच्छुकले न्यूनतम एक हजार कित्ता सेयरमा आवेदन दिनसक्नेछन् । उनीहरुले असार ८ गतेदेखि असार १६ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा आवेदन दिइसक्नुपर्ने छ ।

सेयरको न्यूनतम मूल्य ७ सय (नेपाल लाइफ) र ४ सय रुपैयाँ (एनआईसी एशिया) तोकिएको छ । त्यसैले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ । सोभन्दा कम मूल्यको आवेदन सबै रद्द हुने छ ।

इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.