सिजी डिजिटलको नयाँ शोरूम जोरपाटीमा, निर्वाण चौधरीले गरे उद्घाटन

  २०७९ जेठ २९ गते १८:४३     विकासन्युज

काठमाडौं । सिजी डिजिटल प्रिमियम मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्सले जोरपाटीमा सीजी डिजिटलको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । जुन सीजी डिजिटलको २१औं शोरुम हो ।

उक्त नयाँ शोरुमको उद्घाटन चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी र गोकर्णेश्वर नगरपालिकका मेयर (प्रमुख) दिपक रिसालले गरेका हुन् ।

यस शोरुममा सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एल जि, सिजी, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।

नयाँ शोरुम शुभारम्भको अवसरमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा विशेष छुट तथा उपहार दिने जानकारी गराएको छ । साथै, ग्राहकलाई मध्यनजर गर्दै फ्री डेलिभर, लोयल्टी प्रोग्राम, फ्रि माईक्रोवेभ ओभन कुकिङ क्लास/डेमो, शून्य प्रतिशत ब्याज दरमा किस्ता बन्दी लगायत एक्स्चेन्ज अफर जस्ता सुबिधाहरु पनि दिएको छ ।

यससँगै आगामी दिनमा पनि सिजी डिजिटल शोरुमहरु विस्तार गरी ग्राहक नजिक पुग्ने सिजी डिजिटलको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.