मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकको कार्यकाल थपिने

  २०७९ जेठ २६ गते १८:४६     विकासन्युज

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको कार्यकाल थपिने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को तेश्रो पटक संशोधन गर्दै समितिले दुई कार्यकाल पुरा भएका सञ्चालक वा अध्यक्षहरू थप एक कार्यकाल सोही कम्पनीमा रहन पाउने व्यवस्था गरेको हो ।

यो व्यवस्था मर्जरमा जान प्रकृया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरुका सञ्चालकहरुलाई मात्र लागू हुने छ । कम्पनीका सञ्चालक वा अध्यक्षहरुले मर्जरको प्रकृया सम्पन्न नभएसम्ममा सोही कम्पनीको उक्त पदमा थप एक कार्यकालसम्म रहन सक्नेछन् । जसको लागि बीमा समितिको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

‘बीमक गाभ्ने, गाभिने तथा प्राप्तीगर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृतिलिई तत्काल कार्यरत संचालक वा अध्यक्ष थप एक कार्यकालका लागि संचालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन बाधा पुर्याएको मानिने छैन’, संशोधित निर्देशिकामा भनिएको छ ।

हाल कम्पनीका सञ्चालक वा अध्यक्ष दुई कार्यकालभन्दा बढी एउटै कम्पनीमा पुनः नियुक्त हुन नपाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.