पैसा नभएको बैंकको चेक काट्ने दुई महिला पक्राउ, १ करोड जरिवाना तिर्नुपर्ने

  २०७९ जेठ २४ गते १५:२९     विकासन्युज

काठमाडौं । चेक बाउन्स गर्ने बानेश्वरका दुई महिला पक्राउ परेका छन् । बैंकिङ कसुरको मुद्धा लागेका ४२ वर्षिय कविता सुब्बा कालोपुल र ३९ वर्षिय लिना श्रेष्ठ गिरी मंगलबार नयाँबस्तीबाट पक्राउ परेका हुन् ।

सुब्बा र श्रेष्ठले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । सुब्बालाई २०७६ साल फागुन ६ गते र श्रेष्ठलाई २०७६ साल माघ १९ गते उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो ।

सुब्बालाई अदालतले ५० लाख र श्रेष्ठलाई ५४ लाख ५० हजार जरिवानासहित १५-१५ दिनको जेल सजाए सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.