नेप्सेमा २४ वटा वाणिज्य बैंक मात्र सूचिकृत, ३ वटा बैंकको सेयर कारोबार बन्द

  २०७९ जेठ १९ गते १९:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउने प्रयास गरिरहेको छ । तर यस प्रयासमा राष्ट्र बैंक भन्दा नेपाल स्टक एक्स्चेञ्ज अगाडि रहेको छ ।

हाल राष्ट्र बैंकबाट अनुमति लिएर बैकिङ कारोबार गरिरहेका २७ वटा वाणिज्य बैंकहरु छन् । तरस्टक एक्स्चेञ्जमा २४ वटा वाणिज्य बैंक मात्र सूचिकृत रहेका छन् । तीन वटा बैंक नेप्सेको सूचिकरणबाट वाहिरिन पुगेका छन् । उनीहरुको सेयर कारोबार बन्द रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्ज प्रक्रिया भाडिएको महिनौ वितेपनि हिमालयन बैंकको सेयर कारोबार खुला भएको छैन । सेयर कारोबार खुलाउन हिमालयन बैंकले पूरा गर्नु पर्ने प्रक्रियाहरु पूरा नगरेकाले बैंकको सेयर नेप्सेको सूचिकरणमा नभएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।

त्यस्तै, नविल बैंकले प्राप्ति गर्न लागेको नेपाल बंगलादेश बैंकको सेयर पनि नेप्सेको सूचिकरणबाट हटेको छ । दुबै बैंकको विशेष साधारणसभाबाट एक्विजिशन प्रस्ताव पारित भैसकेको र नियामकबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेकोले नेपाल बंगलादेश बैंकको सूचिकरण सदाको लागि खारेज हुने सम्भावना छ ।

९९ प्रतिशत भन्दा बढी सरकारी सेयर भएको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा सेयर निष्काशन नै नगरेकोले यो बैंक नेप्सेमा सूचिकृत छैन । ती तीन बैंक नेप्सेमा सूचिकृत नभएकाले २७ मध्ये २४ वटा बैंकको सेयर नियमित कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.