होटलमा प्लास्टिकको प्रयोग बन्द गर्ने अभियान सुरु

  २०७९ जेठ १८ गते १८:४०     विकासन्युज

काठमाडौं । होटल एसोसिएसन नेपालले होटलको कोठाबाट प्लास्टिककाे प्रयाेग बन्द गर्ने अभियान सुरु गरेको छ । एसोसिएसन नेपाल प्लास्टिकरहित होटल बनाउने उद्देश्य सो अभियान सुरु गरेको जनाएको छ ।

एसोसिएसन नेपालले आज एक कार्यक्रम गर्दै अभियान सुरु गरेको हो । होटलको कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र प्लास्टिकजन्य वस्तुलाई घटाउँदै सकेसम्म प्लास्टिकको प्रयोग नगर्ने हानले जनाएको छ ।

होटलबाट सुरु भएको यो अभियान घरबाट पनि सुरु गर्नु पर्ने र होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिइने बताइन् । ‘प्लास्टिकको प्रयोग दिनहुँ बढ्दो छ, यसको प्रयोगले जलवायू परिर्वतनमा ठूलो असर पुयाएको छ, यसले पर्यटकीय क्षेत्रपनि फोहोर बन्दै गएको छ, यो अभियान सुरु भएको छ अब देशै भरी यो कुराका अवलम्बन गर्नु पर्छ,’ उनले भनिन् ।

अभियानको लागि पर्यटन बोर्डले पनि साथ दिने पर्यटन बोर्डका उपाध्यक्ष टंक रिजालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.