बिवाईडि नेपालकाे ब्रान्ड एम्बेसडरमा हरिवंश आचार्य नियुक्त

  २०७९ जेठ ९ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपालका लागि बिवाइडी अटो उद्योग कम्पनीको ब्रान्ड एम्बेसडरमा कलाकार हरिवंश आचार्य नियुक्त भएका छन् । कम्पनीको आधिकारिक वितरक साइमेक्स् इन्कले आचार्यलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

कलाकार आचार्यले विश्वव्यापी रूपमा मानिसहरूले इन्धनबाट चल्ने कारहरू प्रभावीकारी नभएको र यो पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस गरिरहेका बताए । ‘सडकमा सफा सवारीहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुसी छु,’ उनले भने ।

जलविद्युत् उत्पादनको सम्भाव्यतासँगै विद्युतको प्रयोग देशको अर्थतन्त्र र दिगोपनमा अत्यावश्यक हुने र राष्ट्रका आम जनतामा यसबारे थप चेतना जगाउनका लागि हरिवंश आचार्यले प्रमुख भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.