जेठ १२ गतेदेखि भृकुटीमण्डपमा प्लास्टिक प्रदर्शनी हुने

  २०७९ जेठ ९ गते १५:४५     विकासन्युज

काठमाडौं ।  प्लाष्ट नेपाल फाउन्डेसनले यही जेठ १२, १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल २०२२’ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेसिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने आयोजकले जानएको छ ।

फाउन्डेसनले गर्न लागेको यो तेस्रो संस्करणको प्रदर्शनी हो । यसकाे पहिलो संस्करणको प्रदर्शनी यसअघि २०७१ र दोस्रो संस्करण २०७५ मा आयोजना भएको थियो ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलब्ध गराउन यस मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

यो प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५ हजार प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिब १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.