सबै बीमा कम्पनीले बुझाए पुँजी वृद्धि योजना, अध्ययनमा जुट्यो समिति

  २०७९ वैशाख १३ गते १९:१५     विकासन्युज

काठमाडौं । पुँजी वृद्धि योजना बुझाउन बाँकी रहेका सबै बीमा कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका छन् ।  क्यापिटल प्लान पेश गर्न बाँकी रहेका १४ वटा कम्पनीले बैशाख १३ गते भित्रमा बीमा समितिमा आ-आफ्नो पुँजी वृद्धि योजना बुझाएका हुन् ।

समितिका कार्यकारी निर्देशक राजुरमणका अनुसार उनीहरु सबैले थप दुई दिनभित्रमा पुँजी वृद्धि योजना पेश गरेका छन् ।

‘हामीले सबै कम्पनीको पुँजी वृद्धि योजना पाइसकेका छौं,’ विकासन्युजलाई जानकारी दिँदै पौडेलले भने ।

गत बैंशाख ११ गतेसम्ममा जीवन बीमा ६ र निर्जीवन बीमाका ८ कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका थिएनन् । जीवन बीमा अन्तर्गतका ६ कम्पनी (राष्ट्रिय बीमा संस्थान, प्राइम, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल र प्रभु) र निर्जीवन बीमा अन्तर्गतका ८ कम्पनी (दि ओरियन्टल, नेशनल, हिमालयन जनरल, प्रिमियर, प्रभु, एनएलजी, सिद्धार्थ र राष्ट्रिय बीमा कम्पनी)ले आज (बैशाख १३ गते) एकैदिनमा आ आफ्नो क्यापिटल प्लान पेश गरेका छन् ।

यससँगै पुँजी वृद्धिको योजना बुझाउन आवश्यक रहेका सबै कम्पनीले समितिमा आफ्नो योजना पेश गरिसकेका छन् । समितिका अनुसार अधिकांशले हकप्रद सेयर जारी गर्ने योजनासहितको क्यापिटल प्लान पेश गरेका छन् ।

यससँगै, कम्पनीहरुले बुझाएको क्यापिटल प्लानमाथि समितिले अध्ययन गरेर मात्रै निर्णय गरिने समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

‘हामीले कम्पनीहरुको क्यापिटल प्लान पाएका छौं, अब सञ्चालक समितिले यसमाथि छलफल गर्छौं, त्यसपछि मात्रै कसरी पुँजी वृद्धि गर्न दिइने भन्ने निर्णय गर्छौं,’ पौडेलले विकासन्युजसँग भने ।

समितिले उक्त निर्देशन मार्फत जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । उक्त पुँजी वृद्धिको योजना एक महिनाभित्रमै समितिमा पेश गर्नुपर्ने र एक वर्षभित्र अर्थात २०७९ चैत मसान्तभित्रमा कार्यान्वयनमा ल्याउन समितिको निर्देशन थियो ।

त्यस्तै, जीवन बीमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफ र निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्सले गत बैशाख ११ भित्रमा पुँजी वृद्धिको योजना पेश गरिसकेका थिए ।

सम्बन्धित समाचार

२४ वटा बीमा कम्पनीले मात्रै बुझाए पुँजी वृद्धि योजना

‘नियामकले खुट्टा कमाउनु हुँदैन, बीमा कम्पनीको संख्या १० भन्दा तल झार्नुपर्छ’

जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ?

निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.