४ कम्पनीको १ करोड बढीको संस्थापक सेयर कारोबार

  २०८१ वैशाख १६ गते १७:२३     विकासन्युज

काठमाडौं । पुँजी बजारमा विभिन्न ४ कम्पनीको संस्थापक सेयर खरिद बिक्री भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र विजय लघुवित्त वित्तीय संस्थाको १ करोड १ लाख ६० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको हो ।

एचआईडीसीएलको आइतबार ३९ हजार ५ सय ८९ कित्ता संस्थापक सेयर ५९ पटक खरिदबिक्री हुँदा ३९ लाख २१ हजार ३९१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम ९९ रुपैयाँदेखि अधिकतम १०१ रुपैयाँमा खरिदबिक्री भएको देखिन्छ ।

यस्तै, राष्ट्रिय बीमा कम्पनीको ४११ कित्ता संस्थापक सेयर १४ पटक खरिबिक्री हुँदा ४२ लाख २९ हजार ३१३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम १० हजार २ सय रुपैयाँदेखि अधिकतम १० हजार ५६७ रुपैयाँमा किनबेच भएको नेप्सेको तथ्याङ्क छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७५ कित्ता संस्थापक सेयर ५ पटक किनबेच हुँदा ४८ हजार ४८ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार बैंकको संस्थापक सेयरको अन्तिम मूल्य प्रतिकित्ता १२९ रुपैयाँ छ । विजय लघुवित्त वित्तीय संस्थाको ६ हजार कित्ता सेयर १९ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.