सीई कन्स्ट्रक्सनको ३०औं वार्षिकोत्सव सम्पन्न

  २०७९ वैशाख ११ गते १६:४६     विकासन्युज

काठमाडौं । निर्माण कम्पनी सीई कन्स्ट्रक्सन प्रालीले ३०औं वर्ष पूरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजय राजभण्डारीले कम्पनीका आगामी १० वर्षको लागि रोडम्याप प्रस्तुत गरे । उनले कम्पनीले प्राप्त गरेका उपलब्धिहरुहरूबारे चर्चा गर्दै १० वर्षे योजनाबारे पनि जानकारी गराएका हुन् ।

कम्पनीले ‘टाइम’, ‘कस्ट’ र ‘क्वालिटी’मा विशेष ध्यान दिने गरेको अध्यक्ष राजभण्डारी बताउँछन् ।

‘हामीले समय, क्वालिटी, प्रोजेक्ट म्यानेजमेन्टलाई विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘पैसा तिरेपछि त्यही अनुसारको प्रोडक्टको आशा राख्नु स्वभाविक नै हो, प्रोजेक्टका लगानीकर्ताको आशा र चाहनाअनुसार हामीले गुणस्तरीय काम समयमा नै सम्पन्न गर्ने गरेका छौं,’

कम्पनीका अपरेशन डाइरेक्टर गोपाल मानन्धरले कम्पनीले आफ्नो काम गुणस्तरीय रुपले गरेको कारणले गर्दा नै उत्कृष्ट हुन सकेको जनाए ।

सो अवसरमा कम्पनीले कम्पनीमा कार्यरत १२६ जना कर्मचारीहरूलाई नगदका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरियो । १० वर्ष पूरा गरेका ४० जना, १५ वर्ष पूरा गरेका २७ जना, २० वर्ष पूरा गरेका ४५ जना, २५ वर्ष पूरा गरेका १२ जना र ३० वर्ष पूरा गरेका दुई जनालाई सम्मान गरिएको हो ।

कम्पनीले स्थापनाको ३० वर्षसम्ममा सयौं प्रोजेक्ट सम्पन्न गरिसकेको जनाएको छ । यसका जोइन्ट भेन्चर ३० भन्दा बढी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.