बैशाख २३ गते साधारण सभा गर्दै युनियन लाइफ इन्स्योरेन्स

  २०७८ चैत ३० गते ९:१९     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ बैशाख २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्न लागेको हो । उक्त सभाले सञ्चालकहरुको निर्वाचनदेखि लिएर अन्य जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्तिको विशेष प्रस्तावलाई अनुमोदन गर्दै छ । सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट ४ जना र साधारण सेयरधनीबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने छ । साथै, प्रमुख कार्यकारी अधिकृत र विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने समान्य प्रस्ताव रहेको छ ।

त्यस्तै, विशेष प्रस्ताव अन्तर्गत सभाले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सोको स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने जनाएको छ । र, अन्य जीवन बीमा कम्पनीसँग आपसमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने कम्पनीको विशेष प्रस्ताव छ ।

सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी बैशाख १३ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै बैशाख १२ गतेसम्म कायम सेयरधनीहरु मात्रै उक्त सभामा भाग लिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.