एनटीसी र निफ्रासहित ८ कम्पनी बने योग्य संस्थागत लगानीकर्ता, बोर्डले दियो स्वीकृति

  २०७८ चैत २४ गते २१:०१     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र नेपाल इन्फ्राष्ट्रकचर (निफ्रा) सहित ८ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।

बोर्डले चैत २३ गते एनटीसी, निफ्रा, महालक्ष्मी विकास बैंक, सानिमा लार्ज क्याप फण्ड, प्रभु सेलेक्ट फण्ड, अल्का इन्भेष्टमेन्ट प्रा.लि, स्काई टच इन्भेष्टमेण्ट एण्ड कन्सल्टेण्ट र टेलिभेञ्चर पार्टनर्सलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । योसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुगेको छ ।

योग्य संस्थागत लगानीकर्ता भनेको के हो ? 

बोर्डले बुक विल्डिङ विधिबाट सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीको मूल्य तय गर्नको लागि योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य लिनुपर्छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नको लागि सो आईपीओको मूल्य तय गर्न संस्थागत लगानीकर्ताको भूमिका रहन्छ ।

हालसम्म कुन कुनले पाए स्वीकृति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.