एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाताः उच्च ब्याज, आकर्षक बीमा सुविधा

  २०७८ चैत १७ गते १४:५४     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई उच्च ब्याज दिने जनाएको छ । बैंकले बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई बचत खातामार्फत सर्वाधिक उच्च ब्याजदर, ८४ लाखसम्मको बीमा सुविधा, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू लगायत अन्य १८ अन्य फाइदाहरू प्रादान गर्नेछ ।

बैंकले यसअघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको हो ।

बैंकले दुर्घटनाबाट पूर्ण शारीरिक अशक्तता वा मृत्यु भएमा १० लाखको दुर्घटना बीमाको सुविधा पाउनेछन् । खातावाला र निजबाट मनोनित ३ अन्य व्यक्तिहरू यो सुविधा पाउनेछन् । जुन ८४ लाखको हो । यस्तै, १८ वटा विभिन्न घातक रोगहरूको उपचारका लागि रू।१० लाखको घातक रोग बीमा सुविधा पाइनेछ । जसको समयावधि ५ वर्षको हुनेछ ।

खातावालले मेडिकल जाँच वापत रू १ लाख (अस्पताल भर्नामा र ८० हजार र बहिरंग उपचारमा रू २० हजार) सम्मको मेडिकल बीमा सुविधा पाउनेछन् ।

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा पाउनेछन् । सो कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

यस्ता छन् अन्य फाइदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.