वित्तीय क्विज प्रतियोगिता शनिबार हुने

  २०७८ चैत १० गते १९:५२     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलको आयोजनामा यही शनीबार अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता-२०२२ आयोजना हुने भएको छ ।

विश्व वित्तिय सप्ताहअन्तर्गत प्रभु क्यापिटल लिमिटेडले पहिलो पटक वित्तीय क्विज प्रतियोगिता आयोजना गर्ने भएको हो ।

क्यापिटलले काठमाडौं उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरूमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी गराउने तयारी गरेको छ ।

क्विज प्रतियोगिता यही चैत्र १२ गते शनिबार बिहान १० बजेबाट सिंहदरबार प्लाजास्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ ।

प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ ।

त्यस्तै दोस्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ ।

तेस्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ ।

यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिने प्रभु क्यापिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.