सबैको लघुवित्तले ग्राहकलाई दियो व्यावसायिक केरा खेती तालिम

  २०७८ चैत ४ गते १२:४७     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले संस्थाका २७ जनालाई व्यावसायिक केरा खेती तालिम दिएको छ । लघुवित्तले नवलपरासी पश्चिमको प्रतापपुरमा आफ्ना २७ जना ग्राहकलाई दुई दिन तालिम दिएको हो ।

तालिमको पहिलो दिन केरा खेतीको महत्त्व, संभावना, उपयोग, जातिय विशेषतादेखि लिएर केराको विविधीकरण, केराबाट बन्ने ४२ किसिमका परिकार, बेचबिखनबारे जानकारी दिइएको थियो ।

तालिमको समापन कार्यक्रममा प्रतापपुर गाउँपालिका-९ का वडाध्यक्ष श्री हेमेन्द्रकुमार पञ्जियारले तालिममा सहभागीहर”लाई प्रमाणपत्र वितरण गरेका थिए ।

यस्तै, तालिमको दोश्रो दिन तालिममा सहभागीहर”ले प्रतापपुर गाउँपालिका–६ कठहवाँका स्थानीय व्यावसायिक उद्यमीको केरा खेती फार्म, केराको बीऊ उत्पादन प्रविधि अवलोकन गरेका थिए ।

यस लघुवित्तले ४३ जिल्लाहरुमा ९६ कार्यालयहरूको सञ्जालहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले २०७८ माघ मसान्तसम्ममा लगानीमा रहेको कर्जा ४ अर्ब ४६ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १ अर्ब १६ करोड बचत परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.