पैसा नभएको ५१ लाखको चेक काट्ने नुवाकोटका थापा पक्राउ

  २०७८ फागुन ९ गते १५:०९     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको चेक काटेर दिने नुवाकोटका विनोद थापा पक्राउ परेका छन् । बैंक अफ काठमाडौंको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले आइतबार काठमाडौंको फुटुङ्बाट पक्राउ गरेको हो ।

३७ वर्षिय थापाले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७७/०८/०७ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएका थिए ।

उनलाई अदालतले साढे ५१ लाख जरिवाना र १५ दिनको जेल सजाए सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.