माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, नायव महाप्रबन्धकमा अर्याल

  २०७८ फागुन ५ गते १५:२४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपानेलाई नियुक्त गरेको छ ।

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढिको बैंकिङ्ग अनुभव संगाली सकेका छन् ।

उनीहरु दुवै जना माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यवस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।

यस्तै बैंकले नायव महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव संगालेका छन् र अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

माछापुच्छ्रे बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । १५ सयभन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.