पूर्वाधार विकास बैंकले कमसल कर्जालाई खराब कर्जामा वर्गीकरण गर्न पाउने

  २०७८ माघ २७ गते १७:०३     विकासन्युज

काठमाडौं । पूर्वाधार विकास बैंकहरुले कमसल कर्जालाई खराब कर्जामा वर्गीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै पूर्वाधार विकास बैंकहरुले चाहेमा माथिल्लो वर्गको कर्जा सापटहरुलाई तल्लो वर्गमा वर्गीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

सामान्यतः कर्जा तीन भागमा अर्थात असल, कमसल र खराब वर्गीकरण गरिएको छ । जसमध्ये असल कर्जामा न्यूनतम १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिएको छ भने कमसल र खराब कर्जामा क्रमशः २५ र १०० प्रतिशत नोक्सानी कायम गर्नुपर्ने व्यवस्था छ ।

कमसल अन्तर्गत वर्गीकरण गर्नुपर्ने आधार/कैफियतहरु सुधार भएको अवस्थामा कर्जामा कायम नोक्सानी व्यवस्थालाई समायोजन गरी असल वर्गमा वर्गीकरण गर्न सकिने छ । संस्थाले आफ्नो कर्जाको स्थिति हेरी यस निर्देशनमा तोकिएको न्युनतम कर्जा नोक्सानी व्यवस्थाको अतिरिक्त थप कर्जा नोक्सानी व्यवस्था कायम गर्न चाहेमा त्यसरी थप कर्जा नोक्सानी गरिएका कर्जा खाताहरु स्पष्ट खुलाउनु पर्नेछ ।

पुनरसंरचना वा पुनरतालिकीकरण गरिएका कर्जाको साँवा किस्ता तथा ब्याजको भुक्तानी लगातार दुई वर्षसम्म नियमित भएको अवस्थामा त्यस्ता कर्जाहरुलाई असल कर्जामा परिणत गर्न सकिने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.