लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो दुई वर्ष यताकै उच्च बोनस

  २०७८ माघ २७ गते ११:२७     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७६ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४७६१९ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयर गत दुई वर्ष यताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको क्रमशः ८.१२५ प्रतिशत र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस र नगदसहित कूल लाभांश भने क्रमशः ८.५३१ र १० प्रतिशत वितरण गरेको थियो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ छ । ९.५२३८१ प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३० करोड रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.