कर्मचारीलाई किन मानसिक तनाव दिँदैछन् सीईओ रेग्मी ?

  २०७८ माघ १९ गते १६:०८     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले बोर्डका कर्मचारीलाई मानसिक तनाव दिएको पाइएको छ । रेग्मी उपरको जाँचबुझ प्रतिवेदन, २०७८ मा सो विषय उल्लेख गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रमेवहादुर आलेको निर्देशनमा गत पुस २ गते सो उपसमिति गठन गरिएको थियो । कात्तिक २० गते लण्डनमा वल्ड टुरिजम मार्टमा सहभागी भई नेपाल फर्कदा रेग्मीले रक्सी (विदेशी मदिरा) धेरै ल्याएको पाएपछि ड्युटीमा रहेका भन्सारका कर्मचारीले सोधिखोजि गर्दा उनले कर्मचारीलाई झोलाले प्रहार गरेका थिए ।

उनले ड्युटीमा रहेका कर्मचारीलाई हातपात गरेपछि विवादमा तानिएका थिए । रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि बोर्डले छानविन समिति गठन गरेको छ ।

उनै मन्त्री आलेले पुस २ गते रेग्मीबारे जाँचबुझ गर्न बोर्डका उपाअध्यक्ष चन्द्र प्रसाद रिजालको संयोजकत्वमा उप समिति गठन गरेका थिए । सो उपसमितिले पनि प्रतिवेदन तयार पारी मन्त्रीलाई बुझाएको छ ।

‘बोर्डको कार्यकारी प्रमुखको कर्मचारी प्रतिको व्यवहार उचित नभएको, कर्मचारीलाई तँ/तिमी भनी सम्बोधन गर्ने गरेको, विभिन्न डर धम्की देखाउने गरेकोे भन्ने विषय जाँचबुझ उपसमितिले सम्बन्धित कर्मचारीसँग लिएको बयानको क्रममा बुझिएको छ, पर्यटन बोर्डका बरिष्ठ निर्देशक नन्दिनी लाहे थापाको बयानबाट विमानस्थलको आगमन कक्षमा भएको घटनाको विषयमा पहिले नै तयार पारेको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाई मानसिक तनाव समेत सिर्जना गराएको भन्ने उल्लेखछ रहेको देखिन्छ’, उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै,मुलुकको पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी रहेको बोर्डको पदाधिकारीहरुको व्यवहार आतिथ्यपूर्ण, सम्मानजनक र कदरयोग्य हुनुपर्नेमा कार्यकारी प्रमुखबाट भएको त्यस्तो व्यवहार प्रचलित कानून विपरीत, अमानवीय र पर्यटन व्यवसायको मर्यादा विपरीत भएको देखिएको उल्लेख छ ।

उपसमितिले रेग्मी बोर्ड सीईओ हुनेवित्तीकै देखि अनियमितता गरेको, आर्थिक अपचलन गरेको, कर्मचारी प्रति अनुचित व्यवहार गरेका, गैरकानुनी काम गरेको, अख्तियारको दुरुपयोग गरेको, नेपालको पर्यटन प्रबद्र्धनमा असहयोग पुग्ने काम गरेको, बिमानस्थलमा असहनीय व्यवहार प्रदर्शन गरेको, सार्वजनिक पदमा रहनेको छवी आँच आउने काम गरेको, सुन तस्करी गरेको लगायत कैफियत औंल्याएको छ ।

उनले अनुसन्धानको क्रममा निकै असहयोग समेत गरेका थिए । यस्ता गतिविधि गर्ने रेग्मीलाई कारबाही गर्नुपर्ने सुझाव उपसमितिले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.