हाथवेले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बेच्ने

  २०७८ माघ १८ गते ११:०६     विकासन्युज

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्सको साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले इन्स्योरेन्सको २ लाख ९ हजार ८०९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

जसको लागि नियामक निकाय बीमा समितिको समेत स्वीकृति पाएको छ । समितिले माघ १६ गते मात्रै कम्पनीलाई सो मात्राको सेयर बिक्री गर्न स्वीकृति दिएको हो ।

यससँगै, कम्पनीले तीन महिनाभित्रमा सो मात्राको सेयर बिक्री गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.