युनिमोनी कतारबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

  २०७८ माघ १३ गते १७:४०     विकासन्युज

काठमाडौं । ईसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीबीच रेमिट्यान्स सम्झौता भएको छ ।

यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका ९ ओटा शाखाहरुमा गइ ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन् । युनिमोनी कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो ।

युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ । त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका इवा मनी ट्रान्सफरका दशहजार भन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ ।

साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु। ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.