बेष्ट फाइनान्सको ‘बेष्ट’ पफर्मेन्स, नाफा र ईपीएस हेरेर सेयर किन्दा कुन कम्पनी राम्रो ?

  २०७८ माघ १३ गते १७:०६     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १० वटा फाइनान्स कम्पनीहरुले ५८ करोड रुपैयाँ नाफा गरेका छन् । हालसम्म वित्तीय विवरणका अनुसार ११ वटा फाइनान्स कम्पनीले कुल ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल ४७ करोड ४४ लाख रुपैयाँ नाफा गरेका यी ११ फाइनान्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिकमा भने नाफा २३.४४ प्रतिशतले बढाएका हुन् ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा बेष्ट फाइनान्सले राम्रो रिकभर गरेको छ । गत आर्थिक वर्षमा कुल १५ करोड ७६ लाख रुपैयाँ नोक्सानमा रहेको बेष्ट फाइनान्स चालु आवको दोस्रो त्रैमासिकमा आइपुग्दा १४ करोड २ लाख रुपैयाँ नाफा गरेको हो । जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा १८८.९६ प्रतिशत बढी हो ।

यस्तै, चालु आवको दोस्रो त्रैमासिकमा दोस्रो बढी नाफा गरेपनि आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको तुलनामा कम नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड २५ लाख रुपैयाँ नाफा गरेको आईसीएफसी फाइनान्सले चालु आवको दोस्रो त्रैमासिकमा ९ करोड २६ लाख रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही तुलनामा २४.७८ प्रतिशत कम हो ।

गुडविल फाइनान्सले पनि गत आवको सोही अवधिको तुलनामा ४२.७८ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले ७ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा यस कम्पनीले कुल ५ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको नेपाल फाइनान्स पनि अहिले नाफामा गएको छ । यस कम्पनीले चालु आवको दोस्रो त्रैमासिकमा कुल ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको दोस्रो त्रैमासिकमा यो कम्पनीको नाफा ३९ लाख रुपैयाँले घटेको थियो ।

यस्तै, जानकी फाइनान्स कम्पनीले पनि गत आवकाे साेही अवधिकाे तुलनामा नाफा बढाएकाे छ । गत आवकाे दाेस्राे त्रैमासिकमा ३ कराेड ३० लाख रुपैयाँ घाटामा रहेकाे यस कम्पनीले चालु आवकाे दाेस्राे त्रैमासिकमा ३ कराेड ५५ लाख रुपैयाँ नाफा गरेकाे हाे । यस कम्पनीकाे नाफा २०७.५८ प्रतिशतले बढेकाे हाे ।

७ कम्पनीको नाफा घट्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ७ वटा लघुवित्त नोक्सानमा देखिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा राम्रो नाफा गरेका कम्पनीहरुको चालु आवको दोस्रो त्रैमासिकमा भने नाफा घटेर कम्पनी नोक्सानमा गएका हुन् ।

चालु आवको दोस्रो त्रैमासिकमा आईसीएफसी फाइनान्स, मञ्जुश्री, श्री इन्भेष्टमेन्ट, पोखरा, गुहेश्वरी मर्चेन्ट, र्गाखार्ज र सम्वृद्धि फाइनान्स कम्पनी नोक्सानमाा गएका छन् । यी कम्पनीहरुको नाफा गवत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः २४.४१ प्रतिशत, ३३.६० प्रतिशत, २१.८३ प्रतिशत, ६९.४२ प्रतिशत, १७.५८ प्रतिशत, ८८.६७ प्रतिशत र ६४.०७ प्रतिशतले नाफा घटेको छ ।

ईपीएसमा कुन कम्पनी राम्रो ?

प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि बेष्ट फाइनान्स नै अगाडि देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ईपीएस ३८.०४ रुपैयाँले नकारात्मक रहेको यस कम्पनीको ईपीएस चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा भने ३३.८३ रुपैयाँ पुगेको हो । जुन १० वटै फाइनान्स कम्पनीमध्ये राम्रो हो ।

यस्तै, ईपीएसमा पनि आईसीएफसी कम्पनी दोस्रो बनेको छ । यस कम्पनीको ईपीएस १६.४४ रुपैयाँ छ । यस्तै, नेपाल फाइनान्सको १३.४९ रुपैयाँ, जानकी ११.८५ प्रतिशत, मञ्जुश्रीको ११.१६ रुपैयाँ, श्री इन्भेष्टमेन्टको ९.३४ रुपैयाँ, गुडविल फाइनान्सको ८.३७ रुपैयाँ, गुहेश्वरी मर्चेन्टको ६.०४ रुपैयाँ, गोर्खाजको ४.४६ रुपैयाँ, पोखराको २.८५ रुपैयाँ र सम्वृद्धिको १.१० रुपैयाँ प्रतिसेयर आम्दानी छ ।

लगानीकर्ताले दोस्रो बजारबाट सेयर खरिद गर्दा वा आफूसँग भएको सेयर विक्री गर्ने कि नगर्ने भन्ने सन्दर्भमा विभिन्न सुचकलाई आधार बनाउँछन् । दोस्रो बजारमा सुचिकृत कम्पनीले कति लाभांश दिन सक्छ भन्ने आकलन गर्ने सबैभन्दा भरपर्दाे सुचक प्रतिसेयर आम्दानी (ईपीएस) र नाफा नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.