मुक्तिनाथ विकास बैंकले बचत खातामै ७.३५ प्रतिशत व्याज दिने

  २०७८ माघ १० गते १६:२१     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ बचत खाता संचालनमा ल्याएकाे छ । बैंकले आकर्षक व्याजदरसहितकाे ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ संचालनमा ल्याएकाे हाे ।

मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमा खोल्न सक्नेछन् । र बैंकले यस बचत खातामा ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने बैंकले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.