बिना व्याजदर ६ हजार डाउनपेमेन्टमा टिभिएसको मोटरसाइकल तथा स्कूटर

  २०७८ माघ ४ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाली अटो बजारमा बढीरहेको महंगीसँग जुध्न टिभिएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ ।

यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट नै डाउनपेमेन्ट तिरेर नयाँ टिभिएस चढेर जान पाउनेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले मासिक न्युनतम मात्र ५ हजार ९९९ रुपैयाँसम्म तिर्नुपर्ने छ ।

यति मात्र नभइ ग्राहकहरुले शुन्य प्रतिशत व्याजदर तथा अन द स्पट एक्सचेन्जको सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । यसका साथै ग्राहकहरुले कुनै बेला पनि टिभिएसको अधिकारिक वेबसाइटमा गएर विभिन्न टिभिएस प्रोडक्ट्स तथा विभिन्न योजनाको बारेमा जानकारी पाउन सक्छन ।

‘ग्राहकहरुलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन हामीले यो योजना लीएर आएका हौं। हामी सधैव हाम्रो ग्राहकलाई राम्रो सुविधा दिन तत्पर छौं र आगामी दिनमा यस्ता योजनाहरू लिएर आइरहने छौं,’ जगदम्बा मोटर्स सीइओ दिपक अग्रवालले भने ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो स्थान जमाउन सक्षम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.