प्रोग्रेसिभ फाइनान्सको लाभांश परिमार्जन

  २०७८ पुष २८ गते १२:११     विकासन्युज

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । संस्थाले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरी ६.३१५७ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ ।

पुस २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन यसअघि प्रस्ताव गरेको तुलनामा १.०५२७ प्रतिशतले घटी हो । संस्थाले यसअघि अर्थात गत पुस १ गते मात्रै सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो । बैंकले संस्थालाई आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण प्रतिवेदनमा कर सम्बन्धि व्यवस्थामा फेरबदल गर्न निर्देशन दिएको थियो । सो अनुसार वित्तीय विवरण परिमार्जित गर्दा संस्थाको सो आवको संचित नाफा घट्न गई लाभांशसमेत घट्न पुगेको हो ।

उक्त परिमार्जित लाभांशलाई पुनः राष्ट्र बैंकले स्वीकृत दिनुपर्ने छ । बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै लाभांश वितरण गर्न मिल्ने छ । लाभांश पारित भएसँगै संस्थाका सेयरधनीलो चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१५७ प्रतिशत नगद लाभांश पाउने छन् । जुन २७ वर्ष यताकै पहिलो लाभांश हुने छ ।

सम्बन्धित समाचार

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित, लाभांश परिमार्जन हुने !

किशोर महर्जनले देखाए चमत्कार, २७ वर्षपछि प्रोग्रेसिभको लाभांश घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.