अघि बढ्दै नेप्सेको सीईओ नियुक्ति प्रकृयाः छानिए भण्डारी, कार्की र श्रेष्ठ

  २०७८ पुष २६ गते १८:३१     विकासन्युज

काठमाडौं । गत भदौदेखि प्रमुखबिहीन बनेको बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रकृया अघि बढ्दै छ । नेप्सेको सीईओ छनौट सिफारिस समितिले पहिलो चरणमा छानिएका ५ जनाको नाम सर्टलिस्ट गरेर उक्त प्रकृया अघि बढाएको हो ।

यससँगै समितिले ५ जनामध्ये २ जनाको नाम हटाएर ३ जनाको नाम सर्टलिष्टमा राखेको छ । जसमा रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशवप्रसाद श्रेष्ठ रहेका छन् । समितिले यी तीन जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गरको छ । अर्थमन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेपछि मन्त्रिपरिषदले तीन जनामध्ये एकजनालाई नेप्सेको प्रमुखको जिम्मेवारी दिने छ ।

यसअघि समितिले सीईओको बन्नको लागि आवेदेन दिएका ११ जनामध्ये ५ जनालाई पहिलो चरणमा छनोट गरेको थियो । जसमा कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रवित पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारी पहिलो चरणमा छानिएका थिए । अन्तर्वार्ताका लागि छानिएका यी ५ मध्ये प्रवित पन्दाक र रमेश घिमिरे भने दोश्रो चरणमा छानिन सकेनन् ।

सम्बन्धित समाचार

अघि बढ्यो नेप्सेको सीईओ नियुक्ति प्रकृया, पहिलो चरणमा छानिए ५ जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.