देशको अर्थतन्त्रलाई उकास्न मेगाले साढे ९ अर्ब कर्जा प्रवाह गरेको छः सीईओ खुञ्जेली

  २०७८ मंसिर २८ गते १८:२३     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बताएकी छिन् । उनले कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगाले करिब ५ अर्ब ७४ करोड रुपैंया सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको बताएकी हुन् ।

बैंकको साधारणसभालाई सम्बोधन गर्दै उनले मेगा बैंकले विभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै सीईओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताइन् ।

त्यस्तै, बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको उनको भनाई छ ।

मेगा बैंकको १२ प्रतिशत लाभांश पारित, वैदेशिक रणनीतिक साझेदार भित्र्याउने

‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग/व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरुको खोजी गर्दै व्यापार प्रवद्र्धनलाई त्यतातर्फ मोडेका छौं, जसका कारण मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको छ,’ सीईओ खुञ्जेलीले भनिन् ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुद कर्जा ८ अर्ब ५० करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

सेयरधनीलाई २०% लाभांश खुवाउने र मेगालाई ‘लिड बैंक’को रुपमा स्थापित गर्ने लक्ष्य छः अध्यक्ष शाह

दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाउन चाहेको सीईओ खुञ्जेलीले बताइन् । बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै सीईओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरु सञ्चालनमा ल्याइएको जानकारी दिइन् । ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याएको उनले बताइन् ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी २०३ वटा शाखा कार्यालयहरु, २४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ३९ वटा एटीएम मेशिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.