मेगा बैंकको १२ प्रतिशत लाभांश पारित, वैदेशिक रणनीतिक साझेदार भित्र्याउने

  २०७८ मंसिर २८ गते १७:५१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालको प्रस्तावित १२.०७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २८ गते सम्पन्न बैंकको एघारौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० बोनस र २.०७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।

यससँगै मंसिर १३ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १६ अर्ब ११ करोड रुपैयाँ नाघ्ने छ ।

सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.