प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र

  २०७८ मंसिर १८ गते १०:४४     विकासन्युज

काठमाडौं । मौसमी गडबढीका कारण हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम हुँदा उडानमा समस्या भएको बताइएको हो ।

विमानस्थल कार्यालयका अनुसार शनिबार बिहानका लागि निर्धारि विमानहरु भिजिविलिटीका कारण केही ढिलो उडान भइरहेका छन् ।

गन्तव्यमा समयमै पुग्नु पर्ने यात्रुहरु विमान ढिलो हुँदा समस्या भएको गुनासो गरेका छन् । जहाज एक/दुई घण्टा नै ढिलो हुँदा उनीहरु अलपत्र अवस्थामा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.