महालक्ष्मी लाईफकाे जर्नि टु सक्सेस कार्यक्रम सम्पन्न

  २०७८ मंसिर १३ गते १२:२८     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफले काठमाडाै‌मा जर्नि टु सक्सेस विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ ।

कार्यक्रममा बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो ।

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त सेमिनारमा उपत्यका भित्रका एघार शाखाहरुमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरु सहभागी थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिएका थिए । कम्पनीका चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले बीमा व्यवसायको बजारीकरण बारेमा प्रशिक्षण दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.