महालक्ष्मी नगरपालिकाले सुरु गर्याे जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण

  २०७८ असोज १४ गते १७:५५     विकासन्युज

काठमाडौं । महालक्ष्मी नगरपालिकाले जेष्ठ नागरिकका लागि प्रत्येक महिना घरदैलोमै गई स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बमोजिम ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरेको हो ।

यस कार्यक्रम अन्तर्गत पालिकाले प्रत्येक महिना ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुको घरदैलोमै गई स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गर्नेछ ।

बिहीबार नगरपालिकाले ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा यस सेवाको शुभारम्भ गरेको हो । ४० जना ज्येष्ठ नागरिकहरूको मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मीहरूबाट रक्तचाप, मधुमेह, नाडीको गति, अक्सिजन लेभल लगाएतका सामान्य स्वास्थ्य परीक्षण गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूलाई खादा र कम्वल वितरण गरी नगर प्रमुख र उपप्रमुखले सम्मान गरेका थिए । यस्तै सो कार्यक्रमा नगरप्रमुख श्रेष्ठले ज्येष्ठ नागरिक समाजको आदरणीय अङ्ग भएकाले सधै सबैले उच्च सम्मान प्रकट गर्नुपर्नेमा बताएका थिए ।

उक्त कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरू, प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलसहित नगरपालिकाका कर्मचारी ताथ स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.