तीन महिनालाई पुग्ने चिनी स्टक, हल्लाको पछि नलाग्न वाणिज्यको आग्रह

  २०७८ असोज ६ गते १७:१६     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनाका सम्म पुग्ने चिनी मौैज्दात रहेको जनाएको छ ।

पछिल्लो समय सरकारी स्वामित्वको सल्ट ट्रेडिङ कर्पाेरेशनले चिनी नल्याएपछि बजारमा चिनीको अभाव भएको गुनासो आएपछि विभागले तीन महिनाका लागि पुग्ने स्टक चिनी व्यवसायीसँग रहेको जनाएको हो ।

विभागले चाडपर्वका लागि पुग्ने चिनीको मौज्दात रहेको भन्दै हल्लाको पछि नगाल्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।

‘आयात अनुपात र खपत भएको मात्राका आधारमा बजारमा अझै ३ महिनालाई पुग्ने चिनी उपलब्ध छ । चिनी आयात प्रक्रिया नियमित रहेको र खुला बजारमा पनि पर्याप्त मात्रामा चिनी रहेकाले उपभोक्ताहरु हतास हुनुपर्ने कुनै कारण छैन । तत्काल आवश्यक मात्राभन्दा बढि संचित गरेर राख्नुपर्ने अवस्था नभएको हुनाले नियमित र सामान्य आपूर्ति प्रणालीमा असर पर्नेगरी अधिक मात्रामा खरिद गरी भण्डारण नगर्नुहुन अनुरोध छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.