किनबेच विजनेस डटकमले नेपाली सामाग्री विश्व बजारमा पुर्याउने, एक घर एक उद्योगको लक्ष्य

  २०७८ असोज २ गते १६:३३     विकासन्युज

काठमाडौं । किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो ।

उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगारी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने भएको कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनका अनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीले लक्ष्य बोकेको छ । उक्त प्ल्याटफर्म मार्फत प्रत्येक नेपालीको आयस्रोतमा वृद्धि हुने र नेपाल समृद्व हुन पनि दाबी गरिएको छ ।

कार्यक्रममा किनबेच विजनेस डटकमका सिइओ तथा संस्थापक विश्वास बडुले उक्त प्ल्याटफर्मलाई अन्तर्राष्ट्रियकरण गर्न आफूहरु लागिपरेको बताए । उनले भने,‘किनबेच विजनेस डटकमलाई हामीले आज औपचारिक रुपमा उद्घाटन गरेको छौँ । यसमा तपाईहरुले किन्न अथवा बेच्नसक्ने व्यवस्था गरिएको छ । यस प्रविधियुक्त प्रणालीले प्रत्येक घरमा एक उद्योग बनाउन सक्नेछ ।’ कुनैपनि लगानी गर्न चाहने व्यक्तिहरुले ८० प्रतिशत लगानी गरे कम्पनीले २० प्रतिशत लगानी गरिदिने समेत उनले बताए ।

कम्पनीले कुनै सामाग्रीलाई व्यवसायीकरण गर्नसक्ने बताए । किनबेचको एप प्ले स्टोरमा सार्वजनिक भइसकेको र एप्पल स्टोरमा छिट्टै आउने उनले जनाए । कुनै उद्योग वा सामान आफूले बेच्न वा खरिद गर्न इच्छा छ भने कम्पनी पूर्ण सहयोग गर्न उनले प्रतिबद्वता व्यक्त गरेका छन् । उनले भने, ‘हामीले कुनै व्यक्तिको सामान बेचिदिए बापत १० प्रतिशत लिनेछौँ । हामीलाई कम्पनी उकास्न कसैले डोनेशन दियो भने हामीले लाभांस समेत दिने छौँ । यस कम्पनीलाई हामी विश्वव्यापी रुपमा परिचित गर्ने लक्ष्य लिएका छौँ ।’

आफूहरुको उक्त प्रयास र पाईलामार्फत सम्पूर्ण नेपालीको विकास हुने र प्र्रत्येक नेपालीको अर्थव्यवस्था सुध्रिने पनि उनले विश्वास व्यक्त गरेका छन् । त्यस्तै, उद्योग÷धन्दा गर्न चाहनेहरुलाई कम्पनीले सहुलियतमा मेसिन तथा कच्चा पदार्थपनि उपलब्ध गराउने उनको भनाई छ ।
त्यसैगरी कार्यक्रममा वैज्ञानिक तथा माइन्ड काउन्सेलर कपिल पौड्यालले देश बनाउन व्यक्ति बनाउनुपर्ने बताए ।

उनले भने,‘देश युवाले बनाउँछन्, नेताले देश बनाउँदैनन् । नेताहरुको पछाडि लागेका युवाहरु शंख र मूर्खको पात्र हुन् ।’ उनले विदेशबाट आएका युवाहरुले विदेशमा हुँदा हाँसिल गरेका सिप, ज्ञान र दक्षतालाई नेपालमा प्रयोग गर्दै आएको सुनाउँदै अहिले नयाँ शिपका साथ किनबेच विजनेस स्टार्ट गरको बताए । उक्त प्रविधिमार्फत प्रत्येक घरबाट विजनेस गर्नसकिने उनले बताए ।

उनले भने,‘जडिवुटी, स्याउ, ओखर हामीले बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यसको उत्पादन हामी देशमै गर्न सक्छौं । घरदैलोमा गएर हामी टे«निङ दिने छौँ ।’ उनले प्रत्रकारलाई आफ्नो कमाईको १० प्रतिशत इनभेस्ट गर्नसमेत आग्रह् गरे । उनले भने,‘ज्ञान नभएको व्यक्तिले गर्दा देशको यस्तो दुर्दशा छ । म अमेरिका छाडेर देशलाई प्रविधिमैत्रि बनाउन आएको हो । मैलै आफ्नो योजनालाई कार्यान्वयन गराउनको लागि प्रधानमन्त्री निवास पुगेका थिएँ । तर, मलाई प्रधानमन्त्रीको झोलेले भेट्न दिएन ।’ उनले आफूसँग जमिनभित्र रहेको यार्सागु्म्बा पत्ता लगाउन यन्त्र रहेको पनि बताए । नेपालमा बुझ्नसक्ने व्यक्तिको खाँचो रहेको स्पष्ट पारे ।

उनले भने,‘नेपालमा स्काइ वाकरको प्रविधिमा जोड दिइरहेको छु । म यस्को लागि प्रयासरत छु । पैसा हुनेवित्तिकै म स्काईवाकर बनाएर देखाइदिन्छु ।’ नयाँ प्रविधिले देशको निर्माण गर्न सकिने उनको जिरह छ ।

उनले नेपालीहरु विशेष क्षमताको रहेको भन्दै कोही पनि सामान्य नरहेको जिकिर गरे । उनले भने,‘वैज्ञानिक रुनुपर्ने देश हो यो । हाम्रो देश त डन, माफिया, आतंकवादीको हातमा छ । स्काइ वाकर निर्माण गरेपछि प्रत्येक जिल्लाबाट बेस्ट ब्रेनलाई देश बनाउन तयार पार्छौ ।’ उनले किनबेच विजनेस डटकमको कारण प्रत्येक घरमा रेगुलर इनकमको विकास हुने विश्वास दिलाए । एजुकेशन सिस्टम चेन्ज गर्न हिम्मत राख्नुपर्ने उनको भनाई थियो । सरकारलाई प्रत्येक विषयमा घच्घच्याउन आवश्यक रहेको उनले बताए । उनले भने,‘डोनेसन भन्दा पनि इन्भेस्ट गर्नुुस । एलोन मस्क भन्दा कम छैनौं । नेपाली जनता भेडा होइनन् । नपाइपछि के गर्ने । देशले मान्छे खोजिरहेका छन् ।’ पत्रकारहरुलाई नेताहरुको पछाडि नलाग्न सुझाए ।

त्यसैगरी कार्यक्रममा कम्पनीका फाउण्डर यशराजले किनबेच विजनेस डटकमको मुख्य उद्देश्य ‘एक घर, एक उद्योग’ रहेको बताए । उनले भने,‘हामी युवाहरु नेपालमा काम नभएर विदेसिन्छौँ । म पनि जापान बसें, ज्ञान लिएर त्यहाँ प्रयोग हुने प्रविधिलाई यहाँ ल्याउन प्रयत्न गरेको छु । स्वास्थ्यको ख्याल गरी हामीले स्वच्छ सामाग्री प्रदान गर्नेछौ ।’

खेर गएका सामानलाई समेत उचित प्रयोग गरी व्यवसायमा ल्याउने प्रयास आफूहरुले गरिरहेको उनको भनाई छ । उनले भने,‘विदेश गएर कमाउने पैसा हामीले यही कमाउन सक्छौँ । यही युवाहरुले चाहे अनुसारको उद्योग खोल्न सक्नेछन् । हामी उनीहरुलाई मार्गनिर्देशन दिन्छौँ । स्थापना गरिदिन्छौँ ।’

उनले आफूहरु उक्त किनबेच विजनेश डटकमलाई ब्राण्डको रुपमा स्थापित गर्न लागिपरेको सुनाए । उनले आगामी पाँच वर्षभित्र हजारौ युवालाई रोजगरी दिने पनि प्रतिबद्धता जनाए । उक्त मिशनमा सम्पूर्ण नेपालीलाई सहयोग गरिदिन पनि आग्रह समेत गरे । उनले भने,‘विदेश नजाऔं । हामीसँग भेट्नुस । कमाउने कुराको हामी ग्यारेन्टी दिन्छौँ। नभए हामीलाई भन्नुस । देश बनाउन हामी युवाहरु नै अगाडि बढ्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.