सिजी दशैं तिहार याेजना: थुप्रै क्यासब्याकका साथै ३ जोडीलाई मेघौली सेराईको प्याकेज

  २०७८ भदौ २७ गते १६:०१     विकासन्युज

काठमाडाैं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नजिकिएको दशैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सवमा घरलाई बनाऔं सि.जी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको छ ।

उक्त योजना अन्तर्गत सि.जी. ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु प्राप्त गर्न सकिनेछ । ५५ हजारसम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सिजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिनेछ ।

योजना अन्तर्गत सि.जी.का कुनैपनि एल.इ.डि. टि.भी., रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुम को खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु समेत प्रदान गर्नेछ ।

त्यस्तै सिजीको माईक्रोवेभ ओभनको खरिदमा २८ सय बराबरको कुकिङ किट तथा क्यास ब्याक, ए.सि.को खरिदमा ४ हजार बराबरको नि:शुल्क जडान तथा क्यासब्याक र सि.जी. डिसवासरको खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

सिजीका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सिजीऐसऐच टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं. लेखि ३१००१ मा पठाउन पर्नेछ ।

कम्पनीकाे अनुसार यो योजना भदाै २५ देखि सिमित अवधिका लागि नेपाल अधिराज्य भर लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.