बैंकिङ कसुर मुद्दा खेपिरहेका गणेश लम्साल नेको इन्स्योरेन्सको डेपुटी सीईओ

  २०७८ भदौ १३ गते १३:४७     विकासन्युज

काठमाडौं । बैंकिङ कसुर मुद्दामा सहकर्मी साथीहरु मुद्दा झेलिरहदा एक जना कर्मचारीले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पद पाएका छन् ।

करिव २ वर्षअघि बैंक अफ काठमाण्डूको कर्जा दुरुपयोग गरेको अभियोगका बैंकका प्रमुख कार्यकारी अधिकृत अजेय श्रेष्ठसहित ११ जना जेलमा परेका थिए ।

जग्गाको झुठो विवरण पेश गरी बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याउने कार्यमा संलग्न ११ जनालाई विभिन्न मिति र स्थानबाट केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । त्यसमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजेय श्रेष्ठ, गणेश लम्साल, किरण बोहोरा, ऋचा श्रेष्ठ, , सुष्म शाह र पुष्पराज भण्डारी पक्राउ परेका थिए ।

त्यसमध्ये अरु सबैजना अहिले पनि उक्त मुद्दा खेपिरहेका छन् । लम्सालले नेको इन्स्योरेन्समा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकामा कुनै पनि प्रकारको कसुर लागेको व्यक्ति बीमकका अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, उपप्रमुख हुन रोक लगाइएको छ । तर नेको इन्स्योरेन्सले उक्त व्यवस्थालाई उल्लंगन गर्दै बैकिङ कसुर मुद्दा खेपिरहेको व्यक्तिलाई डेपुटी सीईओ बनाएको हो ।

लम्सालमाथि मुद्दा परेको तर दोषी ठहर नभएकोले कम्पनीले डेपुटी सीईओ बनाएको नेकोका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । नेपाल प्रहरीको प्रमुख अनुसन्धान गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्यूरोले लगाएको बैकिङ कसुरको मुद्दालाई सीईओ खड्काले सामान्य व्यक्तिले लगाएको आरोपसँग तुलना गर्दै आरोप लाग्दैमा अवसरबाट बञ्चित गर्नु नहुने तर्क गरे । लम्साल सहित बैकिङ कसुर मुद्दा लागेको सबै जना अदालतमा बैंक धरौटी बुझाएर अदालतको बोलाएको बेलामा उपस्थिति हुने गरी छुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.