चीनको नम्बर वान पेसेन्जर गाडी अब नेपालमा

  २०७८ साउन २४ गते १२:३६     विकासन्युज

काठमाडौं । चाङ्गान अटोग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ । कम्पनीले नेपालस्थित एमडब्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा नेपालमा आफ्नो उत्पादनहरुलाई बिक्री वितरण गर्नेछ ।

सन् २०२१ मा चाङ्गान ब्राण्डाका प्यासेन्जर गाडीहरु चीनमा सबैभन्दा बढी बिक्री हुन सफल भएको थियो । त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडीहरु विश्वका ६० देशहरुबाट बिक्री भएको थियो । चीनमा बिक्री र निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरु चाङ्गान अटोग्रुपले निर्माण गर्दछ ।

एमडब्लु। स्कोडा, जिप, जेसिबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तराष्ट्रिय ब्राण्डहरुको नेपालस्थित एकमात्र आधिकारीक विक्रेता हो ।

सेडान, पिकअप, एसयुभी र इभीको साथसाथै अवार्ड विनिङ युनिआइ श्रेणिका ब्राण्डहरु उत्पादनकर्ता चाङ्गानले नेपाली बजारमा आफ्नो बेग्लै छवि बनाउने एमडब्लुका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् ।

पहिलो चरणमा  सेडान, पिकअप र एसयुभी तथा दोस्रो चरणमा विभिन्न विद्युतिय गाडीहरु विक्रीवितरण गर्ने चाङ्गानको योजना रहेको अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.