होण्डा सिबी ३५० आरएस अब नेपालमा, ७ लाख ७५ हजार मूल्य ताेकियाे

  २०७८ साउन १७ गते १०:४९     विकासन्युज

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बहु प्रतिक्षित होण्डाको सिबी ३५० आरएस नेपाली बजारमा लन्च गरेको छ ।

नेपालमा होण्डा सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सिबी ३५० आरएसले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा कम्पनी विश्वस्त रहेकाे जनाएकाे छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ ।

मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।

एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा यस सिबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार तोकिएको छ । थप जानकारीका लागि ग्राहकले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.