के हो बिटुमिन ? कस्तो हुनुपर्छ स्ट्यान्डर्ड ?

  २०७८ साउन १४ गते १७:२९     विकासन्युज

काठमाडौं । सडक र हवाइजहाजको धावनमार्ग कालोपत्रेका लागि चाहिने वस्तु हो, बिटुमिन । सडक विभागका अधिकारीहरुका अनुसार यस अघिको मापन गर्दा केन्द्रीय सडक प्रयोगशालामा परीक्षणका लागि ५० ग्रेडभन्दा तलका बिटुमिन समेत आउने गरेका छन् ।

तर, नेपालका ठूला हवाइमार्ग र हाइवेहरुमा परामर्श दिदै आएका पूर्वाधार परामर्शदाताहरु भने बिटुमिन स्टेन्डर्डबारे फरक सुझाव दिन्छन् । इआरएमसी, जसको परामर्शमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा लुम्बिनी विमानस्थलको काम भइरहेको छ, उक्त परामर्शदाता इन्जिनियरिङ फर्मका मेनेजिङ डाइरेक्टर उद्धव चौलागाईका अनुसार ५० ग्रेडभन्दा तलको बिटुमिनको प्रेस्क्रिप्सन नै दिने नगरेको बताउँछन् ।

उनले भने, ‘हामीले डिजाइन, ड्रइङ मात्र हैन गुणस्तरीय निर्माण सामग्री र त्यसको दररेटका आधारमा समेत लागत इस्टिमेसन दिन्छौं । ताकि निर्माण व्यवसायीले होस् या राज्यले गरेको काम दीर्घकालीन होस् । बिटुमिन प्रयोगको विश्वस्तरीय मापादण्डलाई नै हामीले फलो गरिरहेका हुन्छौं । जस अनुसार नेपालको वातावरण, जमिनको बनोट र भारबहन गर्ने क्षमताका हिसाबले पनि ५० ग्रेडभन्दा तलको बिटुमिन प्रयोग गरिनु हुँदैन भन्ने नै हाम्रो सुझाव हुने गर्छ ।’

इआरएमसी, जसको परामर्शमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा लुम्बिनी विमानस्थलको काम भइरहेको छ, उक्त परामर्शदाता इन्जिनियरिङ फर्मका मेनेजिङ डाइरेक्टर उद्धव चौलागाईका अनुसार ५० ग्रेडभन्दा तलको बिटुमिनको प्रेस्क्रिप्सन नै दिने नगरेको बताउँछन् ।

उनले थपे, ‘भलै निर्माण कार्यमा कुन गुणस्तरको सामग्रीहरु प्रयोग गरिन्छ, तर हाइवे, राजधानीभित्रकै सडक वा स्थानीय सडक यिनमा प्रयोग भएको निर्माण सामग्रीको मापदण्ड स्तरीय नहुँदा नै सडकहरुको यो दुदर्सा भएको हो । त्यसमा पनि धावन मार्गका हकमा त कुनै कम्प्रोमाइज नै हुन सक्तैन ।’

उक्त ग्रेड भन्दा तलको बिटुमिन भने ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा मात्रै प्रयोग गर्न मिल्ने विकासविद्हरुको भनाइ छ । जुन बिटुमिनको प्रयोग गर्दा गुणस्तर कायम हुन सक्दैन ।

नेपालको वातावरण, तापक्रम हेर्दा जस्तै, काठमाडौंको नै कुरा गरौं, चिसो मौसममा उच्च भनेकै १८-२० डिग्री सेल्सियस वा त्यो भन्दा कम हुन सक्छ भने गर्मी मौसमको जेठ असारकै कुरा गर्दा पनि ३२-३५ डिग्री सेल्सियससम्म मात्र हुने गरेको देखिन्छ ।

यसखाले तापक्रम भएको मुलुकमा ५० ग्रेडभन्दा तलको बिटुमिन प्रयोग गरिनु हुँदैन । बिटुमिनको मूल्यबारे प्रश्न गर्दा यतिबेला बिटुमिन एन्ड ब्यारेल उद्योगले प्रति मेट्रिक टन ७५ हजार ६ सय रुपियाँ मूल्य पर्ने जानकारी दिएको छ ।

तर, नेपाली निर्माण व्यवसायीहरुले कमसल बिटुमिन नै प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । जसका कारण राजधानीकै सडकको कालोपत्रे पनि छिट्टै उप्कने गरेका छन् । प्रयोग अघि बिटुमिन परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षण गर्दा कुन स्थानको तापक्रम, जमिनको बनोट आदि कस्तो छ र त्यो सडकमा कुन स्तरको बिटुमिन उपयुक्त छ भनी निर्क्यौल गरिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.