काठमाडौंबाट उडेका दुई जहाजले किन गरे आकस्मिक अवतरण ?

  २०७८ साउन ११ गते १९:२६     विकासन्युज

फाइल फोटो

काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाजले आकस्मिक अवतरण गरेका छन् । धनगढीका लागि उडेका दुबै जहाजले त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका हुन् ।

विमानस्थलका अनुसार त्यसमध्ये एउटा जहाजमा ‘प्राविधिक गडबडी’ देखिएकोले जहाज तत्काल फर्किएको हो । ६९ जना यात्रु सवार भएका बुद्धको ९एन(एएमडी साँझ ६ बजे विमानस्थलमा अवतरण गरेको हो। उक्त सवार यात्रुलाई आजै आजै अर्को जहाजबाट धनगढी पठाइने पनि टीआईएले जनाएको छ ।

त्यसपछि बुद्धको अर्को एक जहाज पनि साँझ ७ बजे काठमाडौंमा आकस्मिक अवतरण गरेको छ । उक्त जहाज भने सवार यात्रुमध्ये एक यात्रु बेहोस भएपछि काठमाडौं फर्काइएको हो । काठमाडौंबाट नेपालगन्ज उडेको जहाज बेहोसी यात्रुलाई काठमाडौं झारेर पुनः नेपालगन्ज उड्ने टीआईएले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.