काठमाडौं–दमाम उडानमा बढी भाडा लिईएको छैन : हिमालय एयरलाइन्स

  २०७८ असार ३१ गते १०:३१     विकासन्युज

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले साउदीको दमाम उडानमा बढी भाडा नलिईएको जनाएको छ । साउदी उडानका क्रममा बढी भाडा लिएको भन्दै विरोध भएपछि हिमालयले एक विज्ञप्ती जारी गर्दै बढी भाडा नलिएको जनाएको हो ।

पछिल्लो सयम हिमालय एयरलाइन्सले उडान गर्दै आएको गन्तव्यको उडान तथा होटल क्वारेन्टीन खर्चमा चर्काे शुल्क लिदाँ नेपाली श्रमिक मारमा परेका थिए ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले नियमित उडान बन्द गरेपछि दमाममा हिमालयले १० वटा चार्टर्ड उडान गरेको थियो ।

‘नेपाल सरकार र साउदी अरब सरकारले अनिवार्य नियामक निर्देशिका प्रकाशित गरेको थियो, जसमा अपरिहार्य भाडाअन्तर्गत हवाईभाडा, प्रवासमा क्वारेन्टिइन सुविधा र सम्बन्धित कोभिड–१९ स्वास्थ्य सुविधासहित समावेश गरिएको थियो । सोही निर्देशिकाको पालनामा हाम्रो एयरलाइन्सले यस क्षेत्रमा उडानहरू सञ्चालन गर्न सबै आवश्यक सुविधासहितको बन्डल भाडा सुरू गरेको हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हालको अवस्थामा, विभिन्न समाचार तथा सामाजिक सञ्जालमा एअरलाइन्स्ले काठमाडौंदेखि दमाम सम्मको उडानका लागि उच्च हवाइ भाडा तथा क्वारेन्टिन सेवाशुल्क लिइरहेको झुटा जानकारी र रिपोर्ट लेखिएर आरोप प्रत्यारोप लगाइएको भन्दै एयरलाइन्सले आरोप समेत लगाएको छ ।

एअरलाइन्स् आधार भाडा, सबै नियामक करहरू, होटल यातायात र ७ रात होटेल बसोबास शुल्क, (बिहानको खाजा, खान, डिनर सामेल) र दमााम आइपुग्दा गरिने २ पीसीआर परीक्षण सुविधालाई प्याकेज बनाएर शुल्क लिएकोे विज्ञप्तीमा भनिएको छ ।

साउदी सरकारले तोकेको होटलमा क्वारेन्टिन राख्दा नियमित हवाइ बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.