बुद्ध एयर सर्वेक्षण : खोप लगाएका यात्रु बढ्दो क्रममा

  २०७८ असार ३० गते १०:५६     विकासन्युज

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले गरेको एक सर्वेक्षणले कोरोना भाइरसविरुद्धको खोप लगाउने हवाई यात्रुको संख्या बढ्दो क्रममा रहेको देखाएको छ।

पछिल्लो समय बुद्ध एयरले आप्ना जहाजमा यात्र गर्ने यात्रुमध्ये ४२ प्रतिशत यात्रुले कोरोना विरुद्धको खोप लगाइसकेका तथा कोभिडलाई जितेर प्राकृतिक प्रतिरक्षा क्षमता विकास भइसकेकाहरु रहेको पाइएको जनाएको हो ।

बुद्धले उक्त सर्वेक्षणमा उडान हुने सम्पूर्ण गन्तव्यहरु तुम्लिङटार, भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी र काठमाडौंमा यात्रा गरेका ती यात्रीमाझ सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षणमा २४ हजार ९३ जना यात्रुहरुको सहभागिता रहेको थियो ।

सर्वेक्षणमा जम्मा जम्मी दुई प्रश्नहरु सोधिएको थियो । जसमा खोप लगाएको तथा नलगाएका तथा २०७७ वैशाख यता कोभिड संक्रमण भएका रनभएका प्रश्च सोधिएको थियो ।

जसमा ९ हजार ६६८ जना खोप लगाइसकेका यात्रुहरुमध्ये पहिलो खोप लगाउनेको संख्या २ हजार ६६४ तथा दुबै खोप लगाउनेहरु ७ हजार ४ जना रहेको थिए ।

सर्वेक्षणमा सहभागीमध्ये १४ हजार ४ सय २५ ले खोप लगाएका थिएनन् भने २ सय ९० जना संक्रमित भएर निको भइसकेका यात्रु थिए। कूल यात्रुमध्ये १४ हजार १ सय ३५ जना संक्रमण नभएका यात्रु रहेको बुद्धले जनाएको छ।

बुद्धका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले कम्पनीका सबै कर्मचारीले दुवै डोज खोप लगाइसकेका छन्। ‘हामी संक्रमणरहित यात्राका लागि प्रतिबद्ध छौं,’ उनले भने।

बुद्धसँग हाल ७२ सिट क्षमतायुक्त एटिआर ७२–५०० सिरिजका जहाज १० थान, ४७ सिट क्षमतायुक्त ‘एटिआर४२–३२०’ सिरिजका तीनथान र १९ सिटयुक्त ‘बिचक्राफ्ट१९००डी’ सिरिजका दुईथान गरी १५ वटा जहाज वाट विभिन्न गन्तव्यमा उडान गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.