नेपालसहित ४५ देशका ४५७ जनाले गरे सगरमाथाको सफल आरोहण

  २०७८ असार २८ गते १२:२५     विकासन्युज

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरका बाबजुत नेपाल सहित ४५ देशका नागरिकले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागको तथ्यांक अुनसार सन् २०२१ को वसन्तकालीन सिजनको हिमाल आरोहण अन्तरगत सगरमाथामा उक्त देशका ४ सय ५७ आरोहीले सफल आरोहण गरेका हुन ।

विभागका अनुसार यस वर्षको आरोहण अन्तरगत सगरमाथा सहित ६ हिमालमा ६३३ जनाले सफल आरोहण गरेका हुन । जसमध्ये ३० जना महिला, २३० जना पुरुष र ३७३ जना सहयोगी शेर्पा गाइडहरुले सफल आरोहण गरेका छन् ।

विभागले विभिन्न १६ वटा हिमाल आरोहणका लागि ७९ मुलुकका ७ सय ५४ नागरिकलाई आरोहण अनुमति लिएका थिए । १६ हिमाल आरोहणको अनुमति दिईएकोमा यस सिजनमा ६ वटा हिमालको मात्र सफल आरोहण भएको छ ।

कुन हिमालमा कतिले गरे आरोहण :

विभागकी निर्देशक मिरा आचार्यका अनुसार यस सिजनमा ६ वटा हिमालको सफल आरोहण भएको छ । ६ वटा हिमालमध्ये सगरमाथामा सबैभन्दा धेरै तथा बरुणचेमा २ जनाले आरोहण गरेका थिए ।

सगरमाथा आरोहण अन्तरगत सगरमाथा चुचुरोमा ७ जना नेपालीसहित ४ सय ५७ जना पुगेका थिए । जसमा ४३ जना महिला र ४ सय १४ जना पुरुष थिए ।

विभागले जारी गरेको अन्तिम नतिजा अनुसार अमादब्लममा २४, अन्नपूर्ण प्रथममा ६८, लोत्सेमा ७२, पुमरीमा १० र सगरमाथामा मात्रै ४ सय ५७ ले आरोहण गरे । नेपालले आरोहणका लागि ४ सय १४ वटा हिमाल खुला गरेको छ । हालसम्म खुला गरिएकामध्ये ३ सय ३९ चुचुरामा मात्रै सफल अरोहण भइसकेको छ भने ७५ वटा हिमचुचुरामा आरोहण भइसकेको छैन् ।

यसपटक सगरमाथा आरोहण गर्ने नेपालीमा निजामती कर्मचारीतर्फका युवराज धिताल, हेलिकप्टर पाइलट सोबित गौचन, हेलिकप्टर व्यवसायी फुर्वा छिरी शेर्पा, पर्यटन व्यवसायीद्वय रामशरण उप्रेती र टासीलाक्पा शेर्पा तथा पूर्णकुमार शेर्पा र सोनाम शेर्पा (बुवा–छोरा)ले सगरमाथा आरोहण गरेका थिए ।

चार जनाको मृत्यु

यस वर्षको हिमाल आरोहण अन्तरगत सगरमाथा आरोहणका क्रममा चार जनााको मृत्यु भएको छ । जसमा दुई नेपाली गाइड तथा दुई जना विदेशी अरोही हुन ।

पर्यटक गाईड संखुवासभाका आङदोर्जी शेर्पा र पेम्बाटासी शेर्पा तथा अमेरिकी नागरिक पूवे लिउ र स्विस आरोही अब्दुल वाराइचको मृत्यु भएको थियो । उनीहरुमध्ये स्विस नागरिक अब्दुल वाराइच र गाइड आङ दोर्जीको सगरमाथा आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको थियो ।

१६ हिमालको अनुमति

यसपटक विभागले १६ वटा हिमालका लागि नेपालसहित ७९ मुलुकका ७ सय ५४ नागरिकलाई आरोहण अनुमति दिइएको थियो ।

जसमा सगरमाथाका लागि ४०८ जना आरोही, मनास्लुमा १, आमादब्लमा २७, अन्नपूर्ण पहिलोमा ४४, बरुणचेमा १५, धौलागिरीमा ३३, ल्होत्सेमा १२५, नुप्सेमा ३८ जनाले आरोहण अनुमति दिएका थिए ।

यस सिजनमा विभागले आरोहणबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ राजश्वं संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.