लेखक महेशराजको पहिलो काव्यकृति ‘मनको किरण’ सार्वजनिक

  २०७८ असार २६ गते १६:५७     विकासन्युज

काठमाडौं । साहित्य सुधा नेपालको आयोजनामा कवि तथा लेखक महेशराज खरेलको पहिलो काव्यकृति ‘मनको किरण’ सार्वजनिक भएको छ ।

शुक्रबार साँझ भर्चुअलरूपमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका साहित्यकारहरूले खरेलको कवितासंग्रह सार्वजनिक गरका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन मन्तव्य दिँदै महेशराज खरेलको सार्वजनिक कवितासंग्रहमा केही कमीकमजोरी भए पनि कविता पठनीय रहेको बताए ।

‘महेशजी खरिएको अनुभवकासाथ साहित्यिक क्षेत्रमा आउनु भएको छ । लामो समय वित्तीय क्षेत्रमा सक्रिय महेशराज खरेलले जीवनमा स्थायी रहने चिज साहित्य नै भएको अनुभूत गर्दै साहित्यलाई अंगाल्नु भएको छ । यस क्षेत्रमा उहाँले आफ्नो क्षमता र परिपक्वताको पूर्ण प्रयोग गर्नुहुनेछ,’ कुलपति उप्रेतीले भने ।

कार्यक्रमका अर्का अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले कवि महेश खरेलमा दह्रिलो काव्य चेत भएको बताए । उनले साहित्यकारले स्वतन्त्र भएर लेखनमा क्रियाशील रहनुपर्नेमा जोड दिएका थिए ।

कवि डा. गीता त्रिपाठीले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै खरेलका कवितामा चिन्तन पक्ष, जीवन दर्शन पक्ष बलियो भएको बताइन् । उनले कवि खरेलले नयाँ नयाँ बिम्बको प्रयोग पनि गरेको उल्लेख गर्दै कविका कवितामा धेरै कुरा अझैपनि छुटेको टिप्पणी गरिन् ।

यस्चै प्राज्ञ प्राडा हेमनाथ पौडेलले पनि समीक्षात्मक टिप्पणी गर्दै महेशका कवितामा अहिलेको युग र समय बोलेको बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.