देशभर २७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न

  २०७८ असार १५ गते ११:१४     विकासन्युज

काठमाडौं । देशभर करिब २७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्यांक अनुसार असार १५ गते सम्ममा सातै प्रदेशका २७ दशमलव १२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।

गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।

केन्द्रको तथ्यांक अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ । उक्त प्रदेशमा ६२ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २३ हजार ८५० हेक्टर क्षेत्रफलमा धान रोपिएको छ ।

यस्तै, प्रदेश नम्बर १ मा २ लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफल मध्ये हालसम्म ४९ हजार ६२३ हेक्टर क्षेत्रफल, प्रदेश नम्बर २ मा १०.५५ प्रतिशत अर्थात तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये ३८ हजार ५८६ हेक्टर र बाग्मती प्रदेशमा एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१ दशमलव ०७ हेक्टर क्षेत्रमा धान रोकिएको छ ।

गण्डकी प्रदेशका दश लाख ८ हजार २७८ हेक्टर जमिनमध्ये हालसम्म १५ दशमलव ३४ अर्थात १६ हजार ६१२ हेक्टर, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ अर्थात एक लाख ३९ हजार ४५६ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात २३ हजार ८५० हेक्टर क्षेत्रफल र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.