प्रभु सेलेक्ट फण्ड सूचीकृत, भोलिदेखि किनबेच गर्न पाइने

  २०७८ असार ७ गते १४:१४     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको प्रभु सेलेक्ट फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(असार ७ गते) नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

नेप्से र प्रभु क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो ।

यससँगै उक्त फण्ड भोलि मंगलबार अर्थात असार ८ गतेदेखि दोश्रो बजारमा कारोबार शुरु हुने छ । जसको लागि नेप्सले ‘पीएसएफ’ सिम्बोल दिएको छ ।

उक्त फण्ड बाँडफाँड भएकाे एक महिना नबित्दै दाेश्राे बजारमा सूचीकृत भएकाे हाे । क्यापिटलले हालै जारी गरेकाे १ अर्ब २५ करोड रुपैयाँको उक्त फण्ड गत जेठ १४ गते मात्र बाँडफाँड भएकाे थियाे ।

सम्बन्धित समाचार 

८२ हजार बढीले पाए प्रभु सेलेक्ट फण्डको इकाई, यसरी हेर्न सकिन्छ नतिजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.