मंगलबारदेखि टुटल-पठाओले सेवा सञ्चालन गर्ने

  २०७८ असार ७ गते १३:१०     विकासन्युज

काठमाडौं । भोेलि अर्थात मंगलबारदेखि राइड सेयरिङ कम्पनी टुटल र पठाओले सेवा सञ्चालन गर्ने भएका छन् ।

गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएसगैँ बन्द भएको उक्त सेवा निषेधाज्ञालाई खुकुलो बनाएसगैँ सुचारु हुने भएको हो ।

जिल्ला प्रशासनको अनुमति सगैँ नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने सेवा सञ्चालनको तयारी भएको पटाओका क्षेत्रीय निर्देशन अशिममान सिंह बस्न्यात जानकारी दिए ।

उनका अनुसार भोलिदेखि सेवा सुचारु गर्ने तयारी भएपनि सुरुवाती चरणमा कति जना राइडर परिचालन गर्ने निष्कर्श भइसकेको छैन ।

आईतबार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुरका) प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मंगलबारदेखि जोर विजोर प्रणाली मार्फत निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेका थिए । उक्त निर्णय सगैँ टुटल, पठाओ र ट्याक्सी सञ्चालन गर्न पाइने भएको हो ।

भोलिदेखि टुटलले पनि सेवा सञ्चालनको तयारी गरेको टुटलका सिइओ शिक्षित भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.